धुलिखेल नगरपालिकाको दोस्रो नगरसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीति संक्रमणकालको दशक सकिएकाले अव विकासको युगको शुरु भएको छ भन्नुभयो ।
राज्यमन्त्री बाँस्कोटाले मुलुकको विकास र समृद्धिको जिम्मा अब वाम गठबन्धन सरकारको काँधमा रहेको उल्लेख गर्दै मुलुक अब समृद्धिको पक्षमा अगाडि बढ्ने भएकाले विकास निर्माणमा सबैले सकारात्मक सोचका साथ समयको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
समृद्ध समाज निर्माणका लागि सबै एकजुट हुनु आवश्यक रहेको बताउँदै उहाँले अब काम गरेर देखाउने बेला आएको छ, त्यसका लागि कर्मचारीलाई कानुन बमोजिमको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “अबको समय निमार्णको समय हो, निमार्ण कसैको विरुद्धमा हुँदैन, मुलुकको यो नयाँ यात्रामा कर्मचारीलाई पनि आलटाल गर्ने छुट छैन ।”

अधिकारप्राप्तिको आन्दोलन सकिएको बताउँदै उहाँले प्राप्त अधिकारलाई प्रयोग गरी संविधान कार्यान्वयन गरेर देखाउने अवसरका रुपमा अबको समयलाई लिनुपर्छ भन्नुभयो ।
राज्यमन्त्री बाँस्कोटाले निर्वाचनका बेला जनतासँग गरेको बाचालाई आत्मसात गरी अगाडी बढ्न वर्तमान सरकार तयार रहेको चर्चा गर्दै समृृद्धिको अभियानमा लम्किरहेको धुलिखेल नगरपालिकाको हरेक गतिविधि त्यसैतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।






















