
त्यसैगरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सन् २०२० मा १५ लाख पर्यटक पु¥याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए ।
पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन दिनुभयो ।
को हुन अधिकारी
वि.सं. २०२६ साल वैशाख २२ गते भरतपोखरी–९ कास्कीमा जन्मनुभएको थियो । अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका अधिकारी एमालेका प्रखर नेताको रुपमा गनिनुहुन्छ । उहाँ तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
व्यवस्थापनमा स्नातकोत्तर उत्र्तीण अधिकारी वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएको थियो यस्तै उहाँ २०७० सालको निर्वाचनमा कास्की–३ बाटै प्रत्यक्ष निर्वाचित हुनुभयो भने २०७४ मा कास्की–२ बाट विजयी हुनुभयो ।

























