प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो संसदमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री नियुक्त भएको महिना दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
अहिलेसम्मको अवस्था हेदा प्रधानमन्त्री ओलीलाई मधेशी दलसहित दुई तिहाईभन्दा बढीको समर्थन देखिएको छ । आज आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदले आफ्नो मत व्यक्त गर्नेछन् ।
प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा र केही स्वतन्त्र सांसद छन् ।