![;efd'vsf] pDd]bjf/L btf{ g]skf -dfcf]jfbL s]Gb|_sf g]tf s[i0faxfb'/ dx/fn] z'qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf k|ltlglw;efsf] ;efd'v kbdf pDd]bjf/L btf{ ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/03/1520579374822_RS_KTM_20180309_0D3A0151-225x150.jpg)
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभएको छ ।
उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्र्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
























