![/fi6«klt e08f/Låf/f pDd]bjf/L btf{ /fi6«klt ljBfb]jL e08f/L kmfu'g @( ut] x'g] /fi6«kltsf] lgjf{rgsf nflu ;+3Lo ;+;b ejg gofF afg]Zj/l:yt lgjf{rg clws[tsf] sfof{nodf a'waf/ pDd]bjf/L dgf]gog btf{ u/L kms{g]qmddf ;~rf/sdL{;Fu s'/f ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/03/1520410496698_RS_KTM_20180307_0D3A9531-200x150.jpg)
![/fi6«klt e08f/Låf/f pDd]bjf/L btf{ /fi6«klt ljBfb]jL e08f/L kmfu'g @( ut] x'g] /fi6«kltsf] lgjf{rgsf nflu ;+3Lo ;+;b ejg gofF afg]Zj/l:yt lgjf{rg clws[tsf] sfof{nodf a'waf/ pDd]bjf/L dgf]gog btf{ u/L aflxl/g'x'Fb} . t:jL/ M /Tg >]i7, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/03/1520410361916_RS_KTM_20180307_0D3A9526-200x150.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुुभएको छ ।
यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेकपा (एमाले) ले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

























