निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।
राष्ट्रपति भण्डारी अपरान्ह १२ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा उम्मेदवारी दर्ता गर्न आफैं जाने तयारीमा रहनु भएको स्रोतले वताएको छ । फागुन २९ गतेका लागि तय गरिएको मतदानका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।
यता नेपाली कांग्रेसले भने पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।