![$%cf}F zlxb :d[lt lbj;df ;xefuLx? @)@( kmfu'g @! ;'vfgLdf zxfbt k|fKt zlxbsf] ;Demgfdf ;f]daf/ g]skf -Pdfn]_n] s]Gb|Lo sfof{no w'Daf/fxLdf cfof]hgf u/]sf] $%cf}F zlxb :d[lt lbj;df ;xefuL x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL , Pdfn]sf jl/i7 g]tfx¿ emngfy vgfn, dfwjs'df/ g]kfn, pkfWoIf jfdb]j uf}td nufot . tl:a/ MgjLg kf}8]n, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/03/1520232023988_NP_KTM_20180305_IMG_7709-257x150.jpg)
प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ ।
झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताउनुभयो ।
उहाँले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहाँहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो । रासस
स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत हुनुहुन्थ्यो ।
























