सर्वोच्च अदालतले पत्रकारलाई सर्वोच्च अदालत परिसर प्रवेशमा रोक लगाएको छ । अदालतको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आइतबार समाचार संकलनका लागि गएका पत्रकारलाई प्रेस पास देखाउँदा समेत छिर्न दिएका छैनन् ।
सूचना विभागको कार्ड लिएर सर्वोच्चमा समाचार संकलनमा गएका राष्ट्रिय–अन्तर्राष्ट्रि«य सञ्चारमाध्यमका पत्रकार बाहिर गेटमै बसेका छन् । पत्रकारको कार्ड देख्नेवित्तिकै सुरक्षाकर्मीले अवरोध गरेका छन् ।
मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईले पत्रकारलाई समाचार संकलनमा रोक लगाउने नीति नभएको बताएका छन् । तर, पत्रकार गेटमै रोकिंदा पनि सर्वोच्च प्रशासनले प्रवेश दिएको छैन ।
अदालतको अवहेलना मुद्दामा बयानका लागि कान्तिपुरको टोली सर्वोच्च अदालतमा पुगेलगत्तै प्रवेश कडाइ गरिएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीका ५ वटा जन्ममिति फेला परेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो । सोही समाचारलाई लिएर परेको अवहेलना मुद्दाको सुनुवाई प्रधानमन्यायाधीश पराजुली आफैंले गरेका थिए ।