रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भएमात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन् ।
सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सबै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ ।
रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोेभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिए ।
























