प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चार जनालाई मन्त्रिमण्डलमा समावेश गरेका छन् । यो दोस्रोपटकको मन्त्रिमण्डल विस्तार हो ।
यसअघि प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । यससँगै ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।
११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् ।
थपिएका चारैजनाले सोमबारै राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरु सपथ लिन राष्ट्रपति कार्यलय शीतल निवास पुगेका थिए ।
सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्वगर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।
माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् । यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश स् वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।