नेकपा एमालेका नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु नहुने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा अभैm सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिने आपm्निो धारणा सुनाए । एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनुअघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने पनि बताए ।