अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुनेभएको छ ।
इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३० औं अफ्रिकी युनियन (एयु) को सम्मेलनमा उहाँहरूको भेट हुनेभएको हो ।
अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा उहाँहरूको छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह गेबेयेहुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“अफ्रिकाको दिगो रुपान्तरणका लागि भ्रष्टाचार विरुद्धको लडाई जितौं” भन्ने मुल नाराका साथ अफ्रिकी युनियनको ३० आँै सम्मेलन सोमबारदेखि इथियोपियामा शुरु भएको छ ।
बर्षमा दुई पटक हुने यो सम्मेलन यही जनावरी २९ सम्म चल्ने भएको छ । युनियनले सन् २०१८ लाई अफ्रिकाको भ्रष्टाचार विरुद्धको बर्ष घोषणा गरेको छ । (रासस÷सिन्ह्वा)