चितवन,
![cWoIf k|r08 r'gfjL;efdf lrtjgsf] e/tk'/l:yt d+unk'/df cfOtaf/ ePsf] r'gfjL;efnfO{ ;Daf]wg ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf tyf lrtjg–# sf k|ltlglw;ef ;b:osf pDd]bjf/ k'iksdn bfxfn . tl:a/ M gff/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1510469306482_ND_Chitwan_20171112_6-225x150.jpg)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ ।
चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो ।
वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदे उहाँले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट गर्नुभयो ।
व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उहाँले भन्नुभयो “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”
अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उहाँले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

























