![lrtjgsf] 3/b}nf]df cWoIf k|r08 lrtjg–# sf dtbftf;Fu e]63f6 ub}{ g]skf dfcf]jfbL s]Gb|sf cWoIf tyf k|ltlglw;ef ;b:osf pDd]bjf/ k'iksdn bfxfn . tl:a/ M Gff/fo0f 9'+ufgf, /Tggu/, lrtjg, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1510299051457_ND_Chitwan_20171110_prachanda-1-225x150.jpg)
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ ।
चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।
उहाँले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गर्नुभयो ।
चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उहाँको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय हुनुभएका उहाँले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताउनुभयो ।
चितवनमा उहाँको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा ९प्रजातान्त्रिक०का उपाध्यक्ष विक्रम पाण्डे रहनुभएको छ । पाण्डेले पनि चुनावी अभियान तीव्र पार्नुभएको छ ।

























