चुनावी वाम गठबन्धनसगै केहि नेताहरुले आफ्नो निर्वाचित भएको क्षेत्रबाट हात धुनु प¥यो भने केहि नेताहरु प्रदेशमा खुम्चनु प¥यो, यो यर्थात हामी सामु छदैछ । तर केहि पाउन केहि गुमाउनु पर्छ भने झै सबै कुरा आफु अनुकुल नहुन सक्छ । तर देश र जनता भन्दा व्याक्ती ठूलो हैन त्यसैले मुलुक र जनताको हितका लागि कहिले काहिं त्याग गर्नुपर्छ । आफ्नो दलको निर्णय मानेर जानु नै सबै नेता तथा कार्यक्रताको हितमा छुन्छ ।
पार्टीले सबैलाई समान अधिकार र मौका दिनुपर्छ यसमा कसैको दुईमत हुदैन । नेकपा एमालेको वर्चश्व भएको ठाउ‘मा एमालेले प्रतिनिधिसभाको टिकट नपाउनु त्यत्ती राम्रो कुरा होईन । यस विषयमा माथिल्लो तह र तप्काका नेताहरुले महसुस गर्ने विषय हो ।
जुन पार्टीले मलाई सांसद बनायो मन्त्री बनायो त्यो पार्टीको निर्देशन मान्नु मेरो मात्र होईन सबैको कर्तव्य हो , त्यसबाट म कहिले पनि विचलीत हुन्न र मेरो भुमिका जहिले पनि देश जनता र पार्टीको हितमा हुनेछ । यस निर्वाचनमा भोजपुरमा वाम गठबन्धनका सबै उम्मेद्वारहरुलाई विजयी बनाउनु मेरो लक्ष्य हुनेछ। सबै भोजपुरका जनताहरलाई म उम्मेद्वार नभए पनि अरु सबै उम्मेद्वार सक्षम योग्यतावान भएकाले उहॉहरुलाई जिताउन सबै एकजुट हुनुपर्छ। फुटेर होईन जेटेर गए मात्रै देश जनता र क्षेत्रको प्रगति हुने भएकाले पनि हामीहरु मिल्नुको विकल्प छैन । सबै भोजपुरबासीहरुलाई वामगठबन्धनमा आबद्व भएर हाम्रा उम्मेद्वारहरुलाई भारी मतले विजय गराउन हार्दिक अपिल र अनुरोध गर्दछु ।
आगामी निर्वाचनपछि वामगठबन्धनले प्रचण्ड बहुमतका साथ सरकार बनाउने कुरा महत्वपूर्ण हो । कसले टिकट पायो कसले टिकट पाएन भन्ने विषय गौण हो । देश र जनताको हितका विषयहरु, सामाजिक न्याय र समानताका विषयहरु , संविधान कार्यान्वयनका विषयहरु साथै मुलुक आर्थिक क्रान्ति तिर जाने विषयहरु सबै भन्दा महत्वपूर्ण विषयहरु हुन । देश र जनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नु आजको आवश्यकता हो ।