रुपा शर्मा विराटनगर
मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लिएर पूर्वाञ्चल अर्थात १ नम्वर प्रदेशका जनतामा उत्साह छाएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र जनप्रतिनिधि पाएको सुनौलो अवसरलाई आत्मसाथ गर्दै नजिकै आईरहेको निर्वाचनमा सक्रिय सहभागी भैईरहेका छन जनताहरु , स्थानीय तहमा आफ्नो मन परेको दल र उम्मेद्वारलाई जिताउन यस क्षेत्रका जनता अब मुलुकलाई एउटा नयॉ उचाई दिने खालको नेता र दललाई जिताउन कम्मर कसेर लागेका छन । निर्वाचनपछि थाहा हुने नै छ,यस क्षेत्रका जनताको विश्वास र भरोसाको नेता र दल कुन हो भनेर ।
निर्वाचन शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्नका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले सुरक्षमा कुनै पनि कसुर नराखी व्यापक ढंगले सुरक्षा परिचालन गरिएको छ । सीमामा हुने अवैध कारोवार, चोरी निकासी र तस्करी जस्ता गतिविधिमा पूर्ण रुपमा निस्तेज र नियन्त्रण गरिएको छ । त्यसैगरी राजनितिक दलका नेताहरुको सुरक्षामा कुनै कसर बॉकी राखिएको छैन ।
मतदान केन्द्रहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरी सोही अनुसारको शान्ति सुरक्षाको प्रवन्ध मिलाईएको छ । त्यसक्षेत्रका सुरक्षा निकायका प्रमुखहरु आगामी निर्वाचनमा जनताले ढुक्क भएर मतदान गर्न पाउने वातावरण रहेको र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनेमा विश्वस्त र ढुक्क छन ,त्यसका लागि उनीहरु अहोरात्र खटिराखेका छन ।
साथै निर्वाचनको बेला अप्रिय घटना र अपराधिक गतिविधि नहोस भनेर ७२ घण्टा अगाडि नेपाल भारत सीमा शिल गर्नुको साथै सीमामा अत्यान्तै कडा सुरक्ष व्यवस्थाको प्रवन्ध मिलाईएको पूर्वाञ्चलका सुरक्षा प्रमुखहरु बताउ‘छन ।