नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।आज शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख छ । नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले बाम गठन्धनको अभियान सुरु गरेको उल्लेख गर्नुभएको छ ।