भोजपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद एवंम पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पास‘ग समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानी
क्षेत्र निर्धारण आयोगको प्रतिवेदन कस्तो लाग्यो ?
पहाडी जिल्लाहरु एकढंगले प्रताडित भएका छन्, किनभने राणाकालमा पनि दुई वटा क्षेत्र थियो, सवै शासन व्यवस्थामा दुई वटा नै थियो । तर गणतन्त्र आएपछि हिमाली र पहाडी जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र बनाइयो ,यो राम्रो पक्ष भएन । भूगोललाई वास्ता नगरेको देखियो । यसबाट पहाडी र हिमाली जिल्लाका बासिन्दा निराश छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले कुन स्थानमा हुन्छ ?
जसले जसरी घेराबन्दी गरेपनि २ नम्वर प्रदेशमा पनि नेकपा एमाले पहिलो पार्टी हुन्छ । त्यो कुरा पहिलो र दोस्रो चणको स्थानीय तहको निर्वाचन परिणामले देखाइसकेको अवस्था छ । एमाले आम नेपालीसँग भावनात्मक रुपमा गाँसिएको पार्टी हो । जसको कार्यशैली र विचारप्रति जनता खुशी छन् । भूमिगत कालमा पनि तराई मधेशमा स्थापित भएको एउटा लामो इतिहास बोकेको पार्टी भएकाले पनि एमाले नम्वर १ बन्छ । केपी ओली सरकारले पनि सवैभन्दा बढी योजना र बजेट यही दुई नम्वर प्रदेशमा दिनुभएको थियो । त्यसैले दुई नम्वर प्रदेशका जनता एमालेप्रति आकर्षित छन् । एमालेको संगठन पनि तराईमा बलियो छ । २ नम्वर प्रदेशका जनताको ढुकढुकी हो एमाले । फेरी अन्य राजनीतिक दलहरुबाट धेरै नेताहरु एमालेमा प्रवेश गरेकाले पनि एमालेमय हुनेछ दुई नम्वर प्रदेश ।अरु राजनीतिक दलले जति गठवन्धन गरेपनि जनता एमालेको पक्षमा छन् । एमालेलाई निस्तेज गर्छु भन्नु सूर्यलाई हत्केलाले छेक्नु जस्तै हो ।
निर्वाचन आयोगले लगाएको आचारसंहिताको सरकारले विरोध गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?
वास्तवमा आचारसंहिता जुन क्षेत्रमा निर्वँचन भईरहेको छ, त्यही क्षेत्रमा मात्र लाउनुपर्ने हो । अन्य क्षेत्रलाई त आचारसंहिताले केही गर्दैन । प्रदेश र केन्द्रको निर्वाचन सरकारले घोषणा ग¥यो, त्यो मितिको एक महिना अगािड मात्रै लगाउनु राम्रो हुन्थ्यो भन्ने मेरो आफ्नो ठहर हो । चाडो लगाउँदा सरकारका काम कारवाहीलाई केही हदसम्म प्रभावित बनाउँछ ।
तालमेललाई जनताले नरुचाएकै हुन त ?
स्थानीय तहको निर्वाचनमा त आम मानिसले व्यक्ति पनि हेर्छन् । उम्मेदवारको अरु वेलाका कार्यशैली, बोलीचाली, व्यवहार हेर्छन् । त्यसैले जनताले तालमेललाई भन्दा राम्रो उम्मेदवार, राम्रो पार्टीमा मत हालेको पाइन्छ । त्यसैले तालमेल भयो भन्दैंमा नराम्रो उम्मेदवारले जित्न सक्दैन । त्यसमा जनता सचेत छन् । त्यसैले गठवन्धन नै सवै कुरा हो भन्ने मलाई लाग्दैन ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिले जनअपेक्षा अनुसार काम नगरेकै हुन् त ?
सरकारले सदनमा स्थानीय तह संचालन ऐन विधेयक ल्याउनु पथ्र्यो त्यो ल्याएन । निर्वचित प्रतिनिधिले गर्ने काम, कर्तव्य र अधिकारका विषयमा सरकार चुकेको छ । सरकारले त सदनमा धेरै भन्दा धेरै ऐन विधेयकहरु ल्याउनु प¥यो, सदनलाई विजनेश दिनुपथ्र्यो । तर एउटा दुईटा विधयेक ल्याएर सरकार अलमली राखेको छ । संविधानमा व्यवस्था भएको सरकारका विभिन्न संयन्त्रहरु संचालन गर्ने ऐन कानून नियम नबन्नु नै यसको असर देखिएको हो ।
सरकरको कार्यशैलीप्रति तपाईको केही टिप्पणी छ ?
बजेटलाई कार्यान्वयन गर्ने पाटोमा अत्यन्तै ढिलासुस्ती छ । भित्रभित्रै छुट्टै क्याविनेट निर्णय गरेर आफ्नो क्षेत्र र आफ्नो मान्छेहरुको ठाउँमा बजेट रकमान्तर गरेको छ । यो दुर्भाग्य हो । यो आर्थिक ऐन, नियम, कानून विपरित छ । सरकारको कार्यशैली पारदर्शी छैन । यो आम जनताले बुझिसकेको विषय हो । यसलाई मिडिया क्षेत्रले उजागर गर्नु पर्छ । सरकारका गलत क्रियाकलापको मिडियाले उदांगो पार्नुपर्छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा भएका अभिव्यक्ति र सम्झौताप्रति तपाईको धारणा ?
नेपाल र नेपाली जनताको पक्षमा यसले हित गर्दैन । कोशी तटवन्धनले लाखौ नेपालीलाई विचल्लीमा पार्छ । त्यसैले यस्ता खालको निर्णयले नेपाली जनताको भविष्यमा खेलवाड हुन्छ । त्यो हुनु हुँदैन्थ्यो । त्यो योजना अनुसार काम भयो भने संखुवासभामा रहेको तुम्लिङटार विमानस्थल पनि डुवानमा पर्छ । यदि त्यो बाँध भत्कियो भने त तराई सखाप हुन्छ, त्यसैले यस्तो काम हुनुहुँदैन । नेपाललाई फाइदा नहुने खालको काममा विदेशी भूमिमा गएर बोल्नु आफैमा एउटा गैर राष्ट्रवादी हो ।
राजपाले जहिले पनि एमाले तराई मधेश विरोधी हो भन्छन् नि ?
विरोधीको काम विरोध गर्नु हो । आलोचना, टिकाटिप्पणी गर्नु हो । पैसा तिर्नु पर्दैन, बोल्दे भैहाल्यो । यथार्थमा त्यस्तो होइन । तराईमा एमालेको पक्षमा ठूलो जनलहर देखियो । त्यसैले उहाँँहरु आत्तिनु भएको हो । फेरि उहॉहरु कतैबाट परचिालित हो । मधेशका जनता एमालेका पक्षमा छन् । दुई नम्वर प्रदेशका जनताको मनमा एमाले छ । दुई नम्वर प्रदेशको नेतृत्व र विकास पनि एमालेबाट मात्रै सम्भव छ । यो दुनियाँले बुझेको कुरा हो । त्यस्ता खालका एमालेप्रति छरिएका अनर्गल प्रचारप्रति मधेशी जनता सचेत छन् ।
प्रदेश र केन्द्रको निर्वाचन तोकिएको मितिमा हुन्छ ?
अव चाहिँ हुन्छ कि भन्ने आशा पलाएको छ । तर सरकारको यस्तो खालको चरित्रले चाहिँ निर्वाचन हुन्छ भन्ने स्थिति छैन ।
विजय दशमीको सन्दर्भमा केही भन्नुहुन्छ ?
सबै दाजुभाइ, दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । गीताले के भन्छ भने हामी कसैको पनि आलोचना नगरौ । कसैको पनि नराम्रो टिका टिप्पणी नगरौ । हामी आफै सही ढंगले चलौ । एक नेपालीले अर्को नेपालीलाई र एक समुदायले अर्को समुदायलाई इज्जत र मर्यादा राखेर व्यवहार गरौ । हाम्रो सदिऔ देखिको जातीय सद्भाव , मेलमिलाप र एकता, धार्मिक सहिष्णुता बचाइ राखौ र नेपाली हुनुको गौरव गरौ । मिडियाकर्मीलाई पनि मेरो के आग्रह छ भने राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजिविकाका सवलामा खरो रुपमा कमल चलाउनु पर्छ । कसैको व्यक्तिगत चरित्रहत्या गर्नु र व्यक्ति विशेषको पछि नलाग्न आग्रह गर्छु । मिडियाको धर्म र मूल्य मान्यता भित्र रहेर कलम चलाउनु पर्छ । सकारात्मक टिका टिप्पणी, समाचार, लेख रचना मार्फत समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । त्यसतर्फ सञ्चारकर्मीहरु लाग्नुस् भन्ने मेरो शुभकामना छ ।