![dGqL a:g]t lakL hGdhoGtLdf ;"rgf tyf ;~rf/dGqL df]xgaxfb'/ a:g]t lakL sf]O/fnfsf] !)$ cfF} hGdhoGtLsf] cj;/df gjnk/f;Ldf zlgaf/ cfof]lht sfo{qmddf ;xefuL x'Fb} . Tfl:a/ M k'?iff]Qd ;'a]bL , gjnk/f;L, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/09/1504947804846_PS_Nawalparasi_20170909_2-225x150.jpg)
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताउनुभएको छ ।
बिपी जन्मजयन्तीको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्छ भन्नुभयो ।
उहाँले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो ।




















