प्र
![k|wfgdGqLåf/f af9LkLl8tnfO{ ;xof]u ljt/0f k|wfgdGqL z]/axfb'/ b]pjfn] afFs]sf] /fKtL–;f]gf/L ufpFkflnsf–$ nfnk'/sf af9LkLl8t kl/jf/nfO{ tof/L vfBfGg lrp/f, rfprfp, bfndf]7, g"g, vfg] t]n, lkpg] kfgL / lqkfn k|bfg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/Pm-Deuba-rahat-1-225x150.jpg)
धानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गर्नुभएको छ ।
गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । उहाँले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभयो ।
“निर्धक्क साथ बस्नुस्, सरकारले राहत उपलब्ध गराउँछ,” उहाँले भन्नुभयो । बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गर्नुभयो । तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उहाँले आश्वासन दिनुभयो ।
प्रधानमन्त्रीका साथमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम रहनुभएको छ । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पीडित अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् ।

























