![laD:6]s P;cf]Pd a}7s ax'If]qLo k|fljlws tyf cfly{s ;xof]usf nflu a+ufnsf] vf8Lsf] k|of; -laD:6]s_ ;b:o d'n'ssf afXo dfldnf÷ljb]z÷k//fi6« dGqfnosf jl/i7 clwsf/Lx? -P;cf]Pd_sf] !*cf}F a}7s sf7df8f}Fdf laxLaf/ z'? x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/1502346291081_PRO_KTM_20170810_0833-257x150.jpg)
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक आज यहाँ शुरु भयो ।
नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नुभएको छ भने भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हकले आ–आफ्ना राष्ट्रको प्रतिनिधित्व गर्नुभएको छ ।
त्यसैगरी म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीले बैठकमा आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको छ ।
बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिस्तरीय बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साँझ सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो ।
























