राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख ओनसरी घर्तीले आज भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संसदीय गतिविधिलगायत विषयमा छलफल भएको सभाुमख घर्तीका पे्रस संयोजक वासुदेव शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रपतिले संसदमा प्रस्तुत भएका विभिन्न विधेयकहरुको अवस्था, ती विधेयकका विशेषता र पारित हुन लाग्ने समयसीमाबारे सभामुखसँग जिज्ञासा राख्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले विभिन्न संवैधानिक आयोगले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन संसदमा पनि छलफल गर्ने व्यवस्था मिलाउन पनि सभामुखको ध्यानाकर्षण गराउनुभएको गर्नुभएको थियो ।
जवाफमा सभामुख घर्तीले निर्वाचन विधेयक, स्वास्थ्य विधेयकलगायत विधेयक संसदमा छलफलमै रहेको राष्ट्रपतिलाई जानकारी दिँदै ती विधेयक छिट्टै पारित हुने जानकारी दिनुभएको संयोजक शर्माले जानकारी दिनुभयो ।