![g]kfn / df]/Ssf]aLr ;dembf/L pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb'/ dx/fsf] ;d'kl:yltdf g]kfn / df]/Ssf]aLr låkIfLo k/fdz{ ;+oGq u7g;DaGwL ;dembf/Lkqdf x:tfIf/kl5 ;dembf/Lkq cfbfgk|bfg ub}{ k//fi6« dGqfnosf ;lrj z+s/bf; j}/fuL / g]kfnsf nflu df]/Ssf]sf /fhb"t df]xd]b dlNnsL . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/08/1618056802Morocco-Nepal-relationship-300x150.jpeg)
मोरक्को अधिराज्यका नरेश मोहमेद छैटौँको गद्दीआरोहणको १८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ झण्डोत्तोलन गरिएको छ ।
नेपालका लागि उक्त मुलुकका राजदूत र अवैतनिक वाणिज्यदूतले थापाथलीस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमा मोरक्कोको राष्ट्रिय झण्डा संयुक्तरुपमा फहराउनुभएको हो ।
मोरक्कोका राजदूत मोहमेद मल्लिकीले नेपालसँगको आफ्नो मुलुकको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै बिहीबार दुवै मुलुकबीच परामर्श संयन्त्र गठन गर्ने सम्बन्धमा भएको पारस्परिक समझदारीले त्यस विषयलाई थप उचाइमा पु¥याएको बताउनुभयो ।
अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन नवगठित परामर्श संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा काम गर्ने बताउँदै राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने जानकारी दिनुभयो ।
नायब वाणिज्यदूत मेघा चौधरीले नेपाल–मोरक्कोको मैत्रीका विविधि पक्षबारे चर्चा गर्नुभयो ।

























