राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाउनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“सतारुढ दलको राजनीतिक स्वार्थका कारण राजपालाई चुनावमा भाग लिन नदिने परिस्थितिको सृजना हुँदैछ ।”
अध्यक्ष थापाले नेपाली काँग्रेस र वर्तमान सरकार मधेसको मुद्दा समाधान गर्नेतर्फ गम्भीर नरहेको उल्लेख गर्दै “मधेशमा सुक्ष्म रुपमा रहेको विखण्डनकारी शक्तिलाई परास्त पार्न राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छ र हामी पनि उनीहरुको मुद्दा समाधानका लागि सक्दो प्रयास गछौंँ,” भन्नुभयो ।
उहाँले २ नं प्रदेशको निर्वाचनमा हिन्दू राष्ट्र स्थापना, मधेशको अधिकार र पहिचानको संरक्षण तथा संवद्र्धन एंव समग्र आर्थिक विकासलाई मुख्य एजेण्डका रुपमा लिएर जनता माझ जाने बताउनुभयो ।
अध्यक्ष थापाले आउँदो दिनमा ७४४ वटै स्थानीय तहमा हिन्दू राष्ट्र जनजागरण अभियानको आयोजना गर्ने र संविधान संशोधनमार्फत मुलुकमा हिन्दू राष्ट्रको पुनःस्थापना गराउने लक्ष्य आफ्नो पार्टीको रहेको धारणा पनि व्यक्त गर्नुभयो ।