नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगारमा देखिएको समस्यालाई हटाउनुपर्ने बताउनुभएको छ ।
आज बालकोटस्थित ओली निवासमा अध्यक्ष ओली र नेपाल वैदेशिक व्यवसायी संङ्घका नवनिर्वाचित पदाधिकारी र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका टोलीबीच भएको भेटमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै वैदेशिक रोजगारीमा सुधार ल्याउन सुझाव दिनुभएको थियो ।
विप्रेषणले देशको आर्थिक अवस्था सुधार्न टेवा दिएको चर्चा गर्दै उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा र सुविधाका बारेमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको संङ्घका महासचिव नरेश गेलालले जानकारी दिनुभयोे ।
त्यस अवसरमा संङ्घका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायमा सुधार गर्नुपर्ने विषयमा जानकारी गराउँदै सन्तुलित रुपमा व्यवसायी अगाडि बढ्ने बताउनुभएको थियो ।