उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ दु्रतगतिको रेलसेवाले जोडेको छ ।
ती सहरलाई दु्रत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन् ।
बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघन्टा २५० किलोमटरको दरले द्रुत गतिको रेल सेवा सुरु भएको छ । यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२ मा नै सुरु भएको थियो ।
यसअघि छ घन्टा लाग्ने छिन र लङहोउबीचको यात्रा अहिले तीन घन्टा मात्र लाग्ने भएको पनि अधिकारीको भनाइ छ । रासस÷सिन्ह्वा