अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा हुने जी–२० सम्मेलनका पूर्वसन्धयामा युरोपेली प्रमुख नेताहरुसँग अमेरिका र युरोपबीचको पारस्परिक हितका विषयमा टेलिफोन वार्ता गर्नुहुने ह्वाइट हाउसले सोमबार जनाएको छ ।
कार्यक्रम अन्तर्गत सोमबार बिहान जर्मन चान्सलर एङ्गेला मेर्केल र इटालीका प्रधानमन्त्री पाउनोलो जेन्टिलोनीसँग टेलिफानेमा कुराकानी गर्नुभएको छ भने अन्य नेताहरूसँग पनि कुराकानी हुने बताइएको छ ।
टेलिफोन वार्तामा अमेरिका र युरोपेलीबीचको पारस्परिक हित र समसामयिक विषयमा कुराकानी भएको ह्वाइटहाउस श्रोतले जनाएको छ ।
राष्ट्रपति ट्रम्प यसैहप्ता पोल्याण्डको भ्रमण गर्नुहुने भएको र पोल्याण्डबाट सिधै जी–२० सम्मेलनमा सहभागी हुने जर्मनीको हयामवर्ग जानुहुनेछ। जी–२० सम्मेलनका शिलशिलामा जर्मनीमा पुगेका अमेरिकी राष्ट्रपति र रसियाली राष्ट्रपतिबीच हयामवर्गमा भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पलेउत्तर एटलान्टिकसन्धि सङ्गठन(नेटो)को सैनिक खर्च युृरोपेली राष्ट्रले थप व्यहोर्नु पर्ने र पेरिस जलवायु सम्झौता कार्यान्वयनमा लाने प्रसङ्गमा हात झिकेको कारण आलोचित बन्दै आउनु भएको छ । रासस÷एपी