नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरित राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ ।
इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो –“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरित राजपाले चुनावको मिति सार्न लगाएको हो ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता खनालले ‘राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, मधेसी जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो’ भन्दै मुलुकको विकासमा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढिकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो ।
वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अव मुलुक नयाँचरणमा प्रवेश गरेको उल्लेख गर्दै अव आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूवात गर्नुपर्नेमा जोड दिनुभयो ।