निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।
आन्तरिक राजस्व विभागकाअनुसार आज एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।
विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले ठूलो करदाता कार्यलयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको बताउनुभयो ।
एनसेलले यसअघि पनि सरकारलाई रु नौ अर्ब ९६ करोड ९५ लाख पँुजीगत लाभकर सरकारलाई बुझाएको थियो ।