जेठ १४ गते रातीबाट भरतपुरको महानगरपालिकाको मतगणनालाई लिएर आयोगन गरेको पुन मतदानको निर्णय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ ।
एमाले स्थायी समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
एमाले नेता शंकर पोखरेलले निर्वाचनको स्थापित मुल्य मान्यता बिपरित भरतपुरमा जनताको मतपत्र च्यातेर अपराध गरेको अपराधीहरुलाई नै प्रोत्साहित गर्ने काम आयोगको निर्णयबाट भएको देखिन्छ । यो गलत र अनुचित निर्णय हो । यसको कडा रुपमा एमालेले प्रतिबाद गर्ने बताए ।