प्रधानमन्त्री पुष्पकमल दाहालले आजै राजीनामा दिने भउका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकमा प्रचण्डले आजै राजीनामा दिने बताएका हुन् । केहीबेर पछि संसद्लाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका छन् । उनले बिहान पार्टी हेडक्वार्टर बैठकबाट राजीनामा दिने निर्णय सर्बसम्मतीले अनुमोदन गरेको थियो । प्रचण्डको राजीनामासँगै नयाँ प्रधानमन्त्रीका लागि राजनीतिक दौडधुप सुरु भएको छ । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन मैदान छाडे पनि त्यो त्यति सहन नहुन सक्छ ।