![kf]v/fdf dtu0fgf ul/Fb} kf]v/f n]vgfy dxfgu/kflnsfsf] k|d'v, pkk|d'v, j8f cWoIf / ;b:ox¿sf nflu ePsf] lgjf{rgsf] dtu0fgf ul/Fb} . gbLk'/l:yt gu/ ljsf; k|lzIf0f s]Gb|df ePsf] dtu0fgf dxfgu/kflnsfsf] j8f g+ ! af6 uGg ;'? ul/Psf] 5 . tl:a/M jf;'b]j kf}8]n, kf]v/f, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/05/1494841024349_BDP_Pokhara_150517_nadipur-vote-counting-500x269.jpg)
स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ ।
महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उहाँले क्रमशः अन्य वडाको मतगणना गरिने बताउनुभयो । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए ।
मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।