ललितपुर जिल्लामा एमालेले खाता खोलेको छ । महाँकाल गाँउपालिका वार्ड नम्बर ६ ठुला दुर्लुङ मा एमाले बिजयी भएको छ । एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन ।उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत मात्र ल्याएका थिए ।
अनुसार गाँउपालिका अध्यक्षका लागि पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार गणेशबहाद्र केसीले ३१७ मतसँगै अग्रता लिएका छन् । यस्तै २५५ मत सहित एमालेका रामचन्द्र दाहालले उनलाई पच्छाई रहेका छन्। महाँकाल गाँपाको उपाध्यक्षमा एमालेकी कमला तामाङको ३६६ र नेपाली कांग्रेसकी शुसिला अधिकारीको २५५ मत रहेको छ ।