![g]sf s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo ;ldltsf] a}7s kf6L{ s]Gb|Lo sfof{no ;fg]kf nlntk'/df sfjf ;efklt /fdrGb| kf}8]nsf] cWoIftfdf a:b}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/05/NC-CWC-meeting-top-leaders-500x281.jpg)
लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारवटै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।
दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्की, पोखरा महानगरपालिकाको प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उहाँले बताउनुभयो ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं– ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा हुदँैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो ।
पहिलो चरणको निर्वाचन हुने तीनवटै प्रदेशमा चार महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिका तथा १८६ वटा गाउँपालिका रहेका छन् ।
























