![cftªjfb ;DaGwL cGt//fli6«o ;Dd]ngdf efu lng pkk|wfg tyf u[xdGqL ljdn]Gb| lgwL cfh ef/t k|:yfg ug'{ cl3 lqe'jg cGt//fli6«o ljdfg:yndf kqsf/x?;Fu ;+lIfKt s'/fsfgL ug{'xF'b} . tl:a/ M k|bLk/fh jGt,/f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/05/bimalendra-nidhi-1-450x300.jpg)
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिनुभयो ।
पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’

























