राष्ट्रपति विद्यादेबी भण्डारी भारतको पाँच दिने औपचारिक राजकीय भ्रमणका लागि आज सोमबार दिउँसो १ बजे नयाँ दिल्ली पुगेकी छिन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा भारत पुगेकी राष्ट्रपति भण्डारीको स्वागत गर्न महिला तथा बाल बिकास राज्य मन्त्री कृष्णराजले ईन्दिरा गान्धी बिमानस्थलमा स्वागत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही समय अघि भारत भ्रमणमा आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै बिमानस्थलमा स्वागत गर्न पुगेका थिए । नेपालको राष्ट्रपतिको स्वागतमा समकक्षी राष्ट्रपति जानुपर्ने हो त्यो नभए पनि कम्तीमा प्रधानमन्त्री जानु पर्नेमा परराष्ट्र मन्त्री सम्म पनि नपठाएर भारतले आफ्नो हेपाहा प्रबृत्ति र कुटनैतिक मर्यादाको खिल्ली उडाएको छ । भारतले छिमेकी प्रति बिभेद प्रदर्शन गरेको छ ।
केही महिना अघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति विद्यादेबी भण्डारी उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य थुप्रै मन्त्रीहरु त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए । यो हेक्का भारत सरकार र समकक्षी मुखर्जीलाई थाहा हुनु पर्ने हो । नेपालका नेताले यो घटनाबाट पाठ सिक्नु पर्ने देखिन्छ ।