बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला भोजपुरमा चुनावी रौनक बढेको छ । स्थानीय नेताहरु नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष बन्ने गतिला आधारहरु प्रस्तुत गर्दै आ–आफ्नो लविङ्ग तीब्र बनाएका छन् भने स्थानीय जनता २० बर्ष पछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा मतदान गर्न आतुर देखिन्छन् । यसै बीच भोजपुरमा २े नगरपालिका र ७ गाउँपालिका रहेका छन् । नेकपा एमालेबाट को को उठ्दैछन् ?
क) भोजपुर नगरपालिकामा गणेश श्रेष्ठ, भरत तामाङ्ग र रमेश शाक्यको नाम चर्चामा छ । श्रेष्ठ पार्टीका पूर्व जिल्ला कमिटी सदस्य हुन् भने तामाङ्ग पूर्व अञ्चल कमिटी सल्लाहकार हुन् । त्यसैगरी शाक्य प्रदेश कमिटी सदस्य हुन् ।
ख) षडानन्द नगरपालिकामा देबीराम चौलागाई र सुरेन्द्र उदासको नाम चर्चामा छ । चौलागाई बर्तमान जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने उदास प्रदेश कमिटी सदस्य हुन् ।
ग) साल्पा चिलिछो गाउँपालिकाको अध्यक्षमा खगेन्द्र राई र शान्ती अधिकारीको नाम चर्चामा छ । राई र अधिकारी दुबै जिल्ला कमिटी सदस्य हुन् ।
घ) अरुणा गाउँपालिकाको अध्यक्षमा शिवराम सापकोटा र सुरेन्द्र श्रेष्ठको नाम चर्चामा रहेको छ ।
ङ) पौवादुङ्गमा गाउँपालिकाको अध्यक्षमा उदय कार्की, तिर्थ राई किरण राईको नाम चर्चामा छ । कार्की स्थानीय एमालेको सक्रिय र लोकप्रीय नेता हुन् भने तिर्थ राई एमालेका स्थानीय नेता तथा शिक्षक हुन् । त्यसै गरी किरण राई स्थानीय नेता हुन् र पछिल्लो समय विद्यालय तथा ठेक्का पट्ठाको नाममा विवादित व्यक्ति हुन् ।
च) तेङ्केमङयौ गाउँपालिकाको अध्यक्षमा विष्णु राई धु्रबराज राई र घमानसिंह राईका नाम चर्चामा छ । विष्णु राई अञ्चल कमिटीका पूर्व सदस्य हुन् भने धु्रबराज राई युवा विद्यार्थी नेता हुन् । त्यसैगरी घमानसिंह राई जिल्ला कमिटी सदस्य हुन ।
अन्य गाउँपालिकाको हकमा भने उम्मेद्वार कसलाई उठाउने भन्ने टुङ्गो लागिनसकेको र केही दिनमा नै टुङ्गो लाग्ने एक स्रोतले बतायो ।