स्थानीय निकायको निर्वाचन नजीकिदै जादॉ नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भने चुनावी सरगर्मी बढेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिनिधि छान्न झापाली जनता आतुर देखिन्छन्, भने मेयरको उम्मेद्वार बन्न स्थानीय नेताहरुको दौडधुप चलेको छ । यसै सन्दर्भमा नेकपा एमालेका तर्फबाट झापा जिल्लाका आठ ओटै नगरपालिकाका सम्भावित उम्मेद्वारको नामावली ,
मेची नगरपालिका – गोपाल बुढाथोकी , बिष्णु प्रसाई र डिल्ली घिमिरे मध्ये एक जनाले मेयरको टिकट पाउ‘नेछन । बुढाथोकी क्षेत्रिय ईन्चार्ज हुन भने प्रसाई प्रदेश कमिटि सदस्य र घिमिरे जिल्ला कमिटि सदस्य हुन् ।
भद्रपुर नगरपालिका – जिवन श्रेष्ठ र बिनोद पोखरेलको नाम चर्चामा छ । श्रेष्ठ पूर्व उपमेयर हुन भने पोखरेल पूर्व नगर कमिटि अध्यक्ष हुन ।
बिर्तामोड नगरपालिका – एकराज कार्की , ध्रुब सिवाकोटी र ज्ञानु प्रसाई मध्ये एकले मेयरको टिकट पाउ‘नेछन । कार्की गारामुनी गाविसका पूर्व अध्यक्ष,पार्टी जिल्ला कमिटि सदस्य हुन भने सिवाकोटी अनारमुनी गाविसका पूर्व अध्यक्ष हुन त्यसैगरी ज्ञानु प्रसाई पार्टीका वर्तमान नगर कमिटि अध्यक्ष हुन ।
अर्जुनधारा नगरपालिका – कुन्दन भट्टाराई र हरि रानामगरको नाम चर्चामा छ । भट्टराई लामो ईतिहास बोकेका स्थानीय नेता हुन र उनी पूर्व जिल्ला कमिटि सदस्य तथा अर्जुनधारा गाविसका पूर्व अध्यक्ष हुन भने रानामगर वर्तमान क्षेत्रिय अध्यक्ष तथा शनिश्चरे गाविसका पूर्व अध्यक्ष समेत हुन ।
कन्काई नगरपालिका – हिरा थापा, चन्द्रमोहन उप्रेती र राजेन्द्र पोखरेलको नाम चर्चामा छ , यी तीन मध्ये एकले मेयरको टिकट पाउ‘ने लगभग निश्चित छ । थापा प्रदेश कमिटि सदस्य,पूर्व अञ्चल कमिटिका सचिव हुन त्यसैगरी उप्रती पार्टी जिल्ला कमिटि सदस्य तथा कन्काई नगरका इन्चार्ज छन् भने पोखरेल जिल्ला विकास समितिका पूर्व सदस्य हुन ।
शिव सतासी नगरपालिका – धन बहादुर थेबे र चन्द्र शेर्माको नाम चर्चामा छ, थेबे वर्तमान नगर कमिटिका अध्यक्ष हुन भने शेर्मा पार्टीका जिल्ला सल्लाहकार सचिव तथा पूर्व जिल्ला कमिटि सदस्य हुन ।
गौरादह नगरपालिका – हिक्मत कार्की,छत्रपति सुवेदी र नगेन्द्र भण्डारीको नाम चर्चामा छ । कार्की पार्टीको केन्द्रिय कमिटि सदस्य तथा मेची अञ्चल ईन्चार्ज हुन त्यसैगरी सुवेदी वर्तमान क्षेत्रिय अध्यक्ष तथा सामाजिक अभियन्ता हुन भने भण्डारी क्षेत्रिय कमिटि सचिव हुन। पार्टीले केन्द्रबाट निर्णय गरेमा हिक्मत कार्कीले मेयरको टिकट पाउ‘ने सम्भावना बलियो छ भने क्षेत्रबाटै उम्मेद्वार तय भएमा सुवेदीको सम्भावना बलियो रहेको स्रोतले बतायो ।
दमक नगरपालिका – नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्रीको क्षेत्र रहेको दमक नगरपालिकालाई अत्यान्तै महत्वका साथ हेरिएको छ । राष्ट्रिय राजनीतिका प्रभावशाली राजनेताका रुपमा उदाएका नेता ओलीको यो क्षेत्रमा कसले मेयरको टिकट पाउ‘ला त्यो भने बॉकी छ , तर अहिले रोमनाथ ओली र अम्बिका खनालको नाम चर्चामा छ । ओली पूर्व अञ्चल कमिटि सदस्य तथा दमक नगरपालिकाका पूर्व मेयर हुन र उनमा मेयरको अनुभव समेत छ भने अम्बिका खनाल तीन पटक सम्म नगर अध्यक्षको भुमिका निर्वाह गरेका तथा वर्तमान क्षेत्रिय कमिटि सदस्य हुन ।