युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका प्रतिनिधिले शनिबार २७ सदस्यीय ईयू समूहको ६० औँ वर्षगाँठ मनाउँदै आगामी दिन थप सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
ईयूको २८ सदस्यमध्ये एक बेलायतले सन् २०१६ मा ईयूबाट बाहिरिने निर्णय जनमतसङ्ग्रहमार्फत लिएको यस सङ्कटपूर्ण अवस्थामा बाँकी सदस्य राष्ट्रका प्रतिनिधिले नयाँ रोम घोषणापत्रमा हस्ताक्षर गर्दै ईयूलाई थप समुन्नत गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
ईयूअन्तर्गतका छ स्थापनाकालीन सदस्यको उपस्थितिमा छ दशकपछि रोम सम्झौता गर्दै ‘युरोपियन इकोनोमिक कम्युनिटी’ को स्थापना समेत गरिएको छ ।
उक्त अवसरमा बोल्नुहुँदै ईयू प्रमुख डोनाल्ड टस्कले बेलायतको ईयूबाट बहिर्गमनको प्रसङ्गले कमजोर देखिएको युरोपलाई थप सशक्तताका साथ अघि बढाउन आग्रह गर्नुभएको थियो ।
साठी वर्ष पहिले स्थापना भई युरोपको एकीकरणमा काम गर्ने युरोपका नायकबाट प्राप्त गरेको विरासत जोगाउन सदस्य राष्ट्रले दृढ सङ्कल्प भई काम गर्नुपरेको छ, टस्कले भन्नुभयो ।
युरोपेली नेताहरुको विशेष सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, आगामी दिन युरोपको विरासत जोगाउने प्रसङ्गमा तपाईहरु यसका नायक हुनुहुनेछ र युरोपको उज्ज्वल भविष्यका लागि सक्रियता देखाउनुृ हुनेछ, उहाँले थप्नुभयो । रासस÷एएफपी