नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले मेची महाकाली राष्ट्रिय जनजागरण अभियानले एमालेलाई तराईमा बलियो बनाएको निष्कर्ष निकाल्दै राष्ट्रियता, स्वाभिमान र अखण्डताको पक्षमा नेकपा एमाले स्थापित भएको ठहर गरेको छ । उक्त बैठकले अभियानमा साथ दिनुहुने सम्पूर्ण देशभक्त जनताप्रति आभार प्रकट गरेको छ । त्यसैगरी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा सक्रिय भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएको छ , भने स्थानीय निकायको उठने उम्मेद्वारको छनोट पार्टीले केन्द्रबाटै तय गर्ने र उम्मेद्वार हुनका लागि आवश्यक मापदण्ड पनि तय गरेको छ । तोकिएको समयमै निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने नियर्ण पनि बैठकले गरेकको छ ।
बैठकमा एमाले सिमाङ्कन बाहेक अन्यमा छलफल गर्न सकिने निर्णय गरेको छ , भने बेलायतमा भएको आतंकवादी आक्रमणको भत्र्सना र निन्दा गरेको छ ।