नेकपा एमाले मेची महाकाली राष्ट्रिय अभियान अन्र्तगत नेपालगञ्जमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले मोर्चालाई शान्तिपुर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । अहिलेको मोर्चाको गतिविधी गैरराजनीतिक र अपराधिक मानसिकताको उपज भएको आरोप लगाएका छन् । नेकपा एमाले जनताको पार्टी भएको र नेपालको जुनसुकै भुभागमा जान एमालेलाई कसैले रोक्न नसक्ने बताए । नेकपा एमाले जनताको पक्षमा लडिरहेको छ, देश बनाउन हिँडेको पार्टी कसरी जनता विरोधी हुन्छ ? ओलीले प्रश्न गरे, एमालेको कार्यक्रममा कालो झण्डा देखाउने तर्फ ईगिंत गर्दै उनले भने एमालेलाई कसले कालो देखाउँछ त्यो हेर्ने फुर्सद नभएको बताए । एमाले रातो झण्डा बोकेर हिँडेको पार्टी हो ।
संविधान बनिसकेको छ , र त्यसलाई कार्यान्वयन गर्न नदिने प्रयास भैरहेको छ । सप्तरी घटना एमालेमाथिको मात्र आक्रमण होइन, लोकतन्त्र र संविधानमाथिको आक्रमण हो । मधेशी मोर्चालाई यस्ता गतिविध नगर्न र अरुको काँध चढेर नहिड्न पनि ओलीले सुझाएका छन् । ओलीले नेकपा एमालेले मात्र राष्ट्रियता र स्वाधिनता, अखण्डताको रक्षा गर्न सक्ने भएकाले नेकपा एमालेलाई आगामी निर्वाचन जिताउन समेत आग्रह गरे । यदि एमालेले नजिते मुलुक गम्भिर संकटमा पर्ने र राष्ट्रियता खतरामा पर्ने उनको भनाई थियो ।
राजनीतिमा मतभेद हन्छ त्यो स्वभाविक भए पनि त्यसका नाममा अपराधिक गतिविधी गर्न नपाइने प्रष्ट पारे । जातका र भुगोलका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे । मधेसी जनताका नाममा दल खोलेको छन् । अलि अलि मत आए श्रीमती र आफै सांसद, मन्त्री बन्छन् । मधेसी जनताको नाम बेचेर आफ्नो दुनो सोझ्याइरहेका छन् – उनले भने । त्यस्ता कुरालाई मधेशी जनताले बुझ्छन् र बुझिरेका छन् ।