नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा एमाले नेताहरुको सामुहिक हत्या गर्न खोजेको आरोप लगाएका छन् । मेची महाकाली अभियान अन्र्तगत सप्तरी घटना पछि तीन दिन स्थगित भई पुनः शुरु हुन लागेको सन्दर्भमा प्रदेश नं. ३ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीको हत्या लुकेर गरिएको थियो भने आफुहरुको हत्या घोषणा गरेर खुलेआम गर्न खोजिएको आरोप लगाएका छन् ।
सप्तरी घटनाका विरुद्ध कडा शैलीमा प्रस्तुत भएका ओलीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नु नाटक मञ्चन भएको दाबी गरे । मधेसी मोर्चाले आफुले चाहेर समर्थन फिर्ता लिन नसक्ने दाबी गरे किनकी त्यो उनीहरुको हातमा छैन ।
यदि प्रधानमन्त्रीले बैशाख ३१ मा चुनाव गर्न नसक्ने हो भने चाँडै सरकारबाट आग्रह गरे । यदि सरकारले शान्तिसुरक्षा कायम गर्न सक्दैन भनोस् नेकपा एमालेले आफ्नो सुरक्षा आफै कसरी गर्नु पर्छ जानेको छ ? प्रतिपक्षको मेचीमहाकाली राष्ट्रिय अभियान बिथोल्न सरकार आफै लागेको अर्थात एमाले विरुद्ध सत्तापक्ष नै लड्न आएको उनको भनाई थियो । यो गठबन्धन सरकार सत्ता लम्ब्याउने र कमिसन कहाँ कहाँ बाट आउँछ त्यता तिर ध्यान गएको उल्लेख गरे । उक्त कार्यकर्ता भेलामा पार्टी सचिव योगेश भट्टराई नेता लालबाबु पण्डित र सत्यनारायण मण्डलले सम्बोधन गरेका थिए भने उक्त भेलमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेब गौतम, सुवास नेम्वाङ, इश्वर पोख्रेल, शंकर पोख्रेल लगायतका नेताहरुको बाक्लो उपस्थिती थियो ।