नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन आगामी चैत २९ गते हुने भएको छ । यो सँगै उद्योगी व्यवसायीहरुलाई चुनावी माहोलले छोएको छ । प्राय जसो नेपाल उद्योग बाणिज्य संघका जिल्ला अधिवेशनहरु भैसकेका छन् । फाल्गुन २४ गते सिन्धुली उद्योग बाणिज्य संघको २६ आँै अधिवेशन सम्पन्न भएको जानकारी सिन्धुली अध्यक्ष विनेश श्रेष्ठले मार्गदर्शनलाई बताए । उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा आतिथ्य ग्रहण गर्न पुग्नु भएका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगपती चण्डीराज ढकालले उक्त अधिवेशनलाई सम्बोधन गर्दै सिन्धुली एउटा आफैमा धार्मिक पर्यटकिय जिल्ला भएको र पहाडी जिल्लाहरु जोड्ने मुख्य राजमार्ग पनि भएकाले सिन्धुली एउटा व्यापारिक केन्द्र रहेको उल्लेख गर्दै कृषि र पर्यटनलाई मात्र महत्व दिने हो भने सिन्धुली एउटा नमुना जिल्लाको रुपमा स्थापित हुने , त्यसैगरी केबलकार देखी लिएर धेरै औद्योगिक क्षेत्रको निर्माण गर्न सकिने र रोजगारीको सिर्जना हुने पूर्व अध्यक्ष ढकालको कथन थियो ।
मुलुकका प्राय धेरैजसो जिल्ला अधिवेशनमा प्रमुख अतिथि रहेका ढकालले अध्यक्षमा यस अघि नै सम्झौता भए अनुसार बर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्षमा निर्वाचित हुने र बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र जिल्ला नगर तर्फबाट उपाध्यक्षमा दिनेश श्रेष्ठले जित्ने लगभग निश्चित रहेको ढकालले बताए ।
उक्त कार्यक्रममा क्षेत्रिय अध्यक्ष अरुण सुमार्गी, चितवना, दाङ, रामेछाप, बाँके, तनँहुका जिल्ला अध्यक्षहरु सामेल थिए । त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य गुणनिधि तिवार, दीपक लम्साल र पूर्व केन्द्रीय सदस्य मीन बहादुर श्रेष्ठ र धु्रब भारीको उपस्थिती थियो ।