गृहमन्त्री निधिको संलग्नताको आरोप
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले एक विज्ञप्ती जारी गरी राजविराजमा हिजो भएको झडपमा आफ्ना शिर्ष नेताहरुको सामृहिक हत्या प्रयास भएको दाबी गरेको छ । सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित आमसभा पछि एमाले र मधेसी मोर्चा बीचको झडप रोक्न भएको गोली प्रहारमा ४ जनाको मृत्यु भएको थियो । एमालेले आमसभा सम्पन्न भईसकेपछि मोर्चाले आफ्ना नेताहरुको सामुहिक हत्या गर्ने प्रयास गरेको जनाएको छ । महासचिव ईश्वर पोख्रेल जारी प्रस विज्ञप्तीमा उक्त घटनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिको सन्देहास्पद भुमिका रहेको उल्लेख छ । एमालेले घटनाको सम्पुर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने जनाएको छ ।
मेची महाकाली अभियानमा जुटेको एमालेको कार्यक्रम भाँड्न सत्तारुढ गठबन्धनका नेता कार्यकर्ताहरु मधेसी मोर्चाको नाम सक्रिय रहेको पाइएकोे छ । स्मरण रहोस् कांग्रेस कार्यकर्ता आनन्द साहको मृत्युबाट पनि सो कुरा पुष्टि भएको छ । मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा एमालेले पत्रकार सम्मेलन गरी आफ्नो अभियान ३ दिनको लागि स्थगित भएको जनाएको छ । एमालेले सोमबारको गृहमन्त्री निधिको सन्देहास्पद भुमिका माथि शंका गरेको छ र निधिले नैतिक उन्मुक्ति नपाउने चेतावनी दिएको छ । घटनाको निष्पक्ष छानबिनको लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग गरिएको छ ।