त्रि.वि.वि. चिकित्साशास्त्रका डिन जगदिश अग्रवाल र किष्ट मेडिकल कलेज विरुद्ध अदालतको अवहेलना मुद्धा
शिक्षा मन्त्रालयले एमविविएस भर्ना गर्दा जम्मा ३८ लाख ५० हजार मात्र लिन पाउने व्यवस्था गरेको छ । त्यो पनि तीन किस्तामा, पहिलो किस्तामा १९ लाख २५ हजार, दोश्रो किस्तामा ९ लाख र बाँकी रकम तेस्रो किस्तामा लिनु पर्ने प्रावधान गरेपनि मेडिकल कलेजले त्यस्तो नगरी विद्यार्थीहरुबाट ६० देखि ७० लाख सम्म उठाइएको पाइएको छ । त्यसमा किष्ट मेडिकल कलेज अग्रस्थानमा देखिएको छ । किष्ट मेडिकल कलेजका प्रिन्सिपल बालमानसिहं कार्की र भर्ना प्रमुख केशव आचार्यको मिलेमतोमा गोप्य रुपमा कम प्रतिशत ल्याएको विद्यार्थीको भर्ना गर्दा ७० लाख सम्म लिने गरेको एक पिडितले बताए । त्यसै गरी त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन जगदिश अग्रवाल र प्रशासन प्रमुख दीपक मोहन अधिकारीले पनि भर्नामा अनियमित गरेको खुलेको छ । स्मरण रहोस् गोविन्द केसीको आमरण अनशनले डिन नियुक्त भएका अग्रवाल पनि भर्नामा माफियागिरी चलाइरहेका छन् । आखिर गोविन्द केसीले यस्तै अनियमितता चलाउन अग्रवाललाई छानेका हुन् त ? यसबाट गोविन्द केसीको नियत के हो भन्ने प्रष्ट हुन्छ । सिङ्गो चिकित्सा शास्त्र विकृत बनिरहँदा नेपाल सरकार सम्बन्धित मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरिरहेको छ ?
विद्यार्थी भर्नामा भएको अनियमितता विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर भई पिडित पक्षलाई तत्काल भर्ना गरी सो को जानकारी अदालतलाई दिनु भनी सर्बोच्च अदालतका माननीय न्यायधिश श्री इश्वर प्रसाद खतिवडाले दिएको आदेश किष्ट मेडिकल कलेजले नमानेका कारण त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन जगदिश अग्रवाल, प्रशासन प्रमुख दीपकमोहन अधिकारी र किष्ट मेडिकल कलेजका प्रिन्सिपल बालमानसिंह कार्की र भर्ना प्रमुख केशव आचार्य विरुद्ध अदालतको अपहेलनामा किन कार्बाही नहुनुपर्ने हो ? विद्यार्थी भर्ना जस्तो सवेंदनशील विषयमा मिति २०७३÷१०÷२३ गते सर्बोच्च अदालतले अन्तरिम आदेश भएकोमा आदेश बमोजिम काम किन नभएको हो ? भनी लिखित जवाफ सहित ७ दिन भित्र आफै उपस्थित हुन अदालतले आदेश दिएको छ ।