यसबर्षको महाशिवरात्री फाल्गुन १३ गते शुक्रबार परेको छ । महाशिवरात्रीको पुर्वसन्ध्यामा पवित्र पशुपति क्षेत्र रमणीय बन्दै गएको छ । महाशिवरात्रीमा भारतबाट थुप्रै साधुसन्त र नाङ्गा बाबाहरु धुनी बालेर आफ्नो लिला देखाउन थालिसकेका छन् । नाङ्गा बाबाहरुको रमिता हेर्न थुप्रै युवायुवतीहरु पशुपति क्षेत्रमा घुईचो लाग्न थालेको छ । नेपालको राजनीतिक अस्थिरता, भुकम्प र नाकाबन्दीका कारण अघिल्लो दुई बर्ष त्यति रौनक नछाए पनि यसबर्ष भने पशुपति क्षेत्रमा दर्शनार्थीहरु बढ्ने अपेक्षा गरिएको छ ।
दर्शनार्थीहरुलाई सरल सजिलो बनाउनका लागि व्यवस्थित बनाउनका लागि सम्पुर्ण तयारी पुरा भएको पशुपति विकास कोषले जनाएको छ । दर्शनार्थीहरुलाई कुनै समस्या नहुने र पहिले भन्दा चाँडो दर्शन गर्न सक्ने जानकारी पशुपति विकास कोषले दिएको छ ।
हिन्दुहरुको महान धार्मिक पर्व भएकाले पनि भारतबाट हजाराँैको संख्यामा भक्तजनहरु आउने गरेका छन् । विशेष गरेर हिन्दु महिलाहरु शिव जस्तै पति पाउँ भनी व्रत गर्ने गर्दछन् । महाशिवरात्रीका दिन सरकारले सार्वजनिक विदा दिने गरेको छ ।
उक्त दिन पशुपति आसपासका क्षेत्रमा सवारी साधनको प्रवेशमा रोक लगाइएको र भक्तजनहरुलाई बहुमुल्य गहनाहरु लगाएर नजान समेत ट्राफिक प्रहरीले अपिल गरेको छ । त्यस्तै हुन सक्ने सम्भावित घटनाहरुलाई मध्येनजर राखेर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय आयुक्तको कार्यालयले जानकारी दिएको छ । जय शम्भो ।