पितृसत्तात्मक सामाजिक संरचनाको थिचोमिचोबाट माथि उठ्न नसकी चुलोचौको र घरगृहस्थीको पर्याय बनेका नेपाली महिलाहरुको परिचय दिनानुदिन बदलिँदै जान थालको छ । राजनीतिक र सामाजिक चेतनामा अभिवृद्धि हुँदै जाँदा शिक्षामा महिलाको पहँुच पनि बढ्दै गएको छ । तर, परिस्थिती अभैm पनि सोचे जस्तो अनुकुल छैन नेपाली महिलाहरुको लागि । यद्यपी निरन्तर संघर्ष गरेको खण्डमा असम्भव भन्ने कुरा हुनै सक्तैन भन्ने कुरा महिलाहरुले स्थापित गरेर देखाइसकेका छन् । कुनै बेला पद्मकन्या क्याम्पसमा क्याम्पस पोशाक सारी चोलो लाएर उच्च शिक्षा अध्ययन गर्न झापाबाट काठमाण्डौ प्रवेश गरेकी हेमाकुमारी अधिकारी त्यस्तै कम स्थापित महिलाहरु मध्ये पर्छिन् । जो हाल एक सफल बैंक व्यवसायीको रुपमा बंैकिङ्ग क्षेत्रमा चर्चित छिन् । सुगम जिल्लाको दुर्गम गाउँमा सन् १९७०, जनवरी २० मा जन्मिएकी हेमाकुमारी अधिकारीका लागि उबेला काठमाण्डौ एउटा संघर्षको पर्याय थियो । उहाँले पद्मकन्या क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा अध्ययन गरिन् र अध्ययनमा अब्बल र मेहेनती भएकै कारण उनले जीवनमा कहिल्यै असफल हुनु भने परेन । स्नातक अध्ययन पश्चात उहाँले त्रि.वि.बाट मानव संशाधन विकासमा स्नातकोत्तर (एमविए) गरिन् । अध्ययनका साथसाथै ट्राभल एजेन्सीबाट आफ्नो जागिरे यात्रा सुरु गरिन् । ट्राभल एजेन्सीको जागिरेको रुपमा आफ्नो व्यवसायिक करिअर शुरु गरेकी हेमा विगत १८ बर्षदेखि बैंकिङ्ग व्यवसायमा सक्रिय छिन् । अमेरिकन एक्सप्रेस बैंकमा करिब ११ बर्षसम्म विभिन्न जिम्मेवारी सम्हालेकी अधिकारी हाल संयुक्त अरब इमिरेटमा मुख्य कार्यालय रहेको मस्रीक बंैककी नेपाल निर्देशक छिन् । मस्रीक बंैक संयुक्त अरब इमिरेट(दुवई) मा मुख्य कार्यालय रहे पनि यो बंैक विश्वभरिका प्रायः सबै मुलुकमा क्रियाशिल छ ।
मृदुभाषी तथा शालिन व्यक्तित्वकी धनी हेमाको दैनिकी अत्यन्तै व्यस्तसँग बित्ने गर्छ । मस्रीक बंैकको नेपाल प्रतिनिधिका रुपमा उनीसँग जिम्मेवारी पनि धेरै नै छ । हरेक दिन ग्राहक बंैकहरुले उठाएको विषयहरुलाई सम्बोधन गर्नु, उनीहरुबीच दैनिक कारोबारका विषयमा समन्वयकारी भुमिका निर्वाह गर्नु, प्रतिनिधी बंैकहरुको उत्पादनलाई व्यवस्थापन, प्रोत्साहन तथा विक्रि वितरण गर्नु उनको मख्य जिम्मेवारीका क्षेत्रहरु हुन् । बैंकिङ्ग करिअरकै सिलसिलामा विभिन्न देशहरुको भ्रमण गरिसकेकी हेमाले बंैकिङ्ग क्षेत्रमै विभिन्न अभिमुखीकरण तालिमसमेत लिएकी छिन् । अमेरिका, जर्मनी, भारत, हङकङ, मलेसिया, इजिप्ट, युएई, थाईल्याण्ड लगायतका देशहरुमा स्रोत व्यक्तिका रुपमा तालिम दिनसमेत पुगिसकेकी छिन् । भारतको ग्लोबल विश्वविद्यालयबाट एमफिलको समेत अध्ययन गरिसकेकी हेमा पिएचडीको तयारीमा छिन् । शैक्षिक सफलतासँगै उनको बैंकिङ्ग करिअरले समेत सफलता पाओस् हाम्रो पनि शुभकामना ।