राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । थापाले २ हजार ८ सय ४ मत पाए भने उनका प्रतिद्वन्द्वी प्रदिप विक्रम राणाले मात्र २५१ मत प्राप्त गरे । यो परिणामसँगै कमल थापा सिङ्गो प्रतिनिधिहरुको आशा र भरोसाको केन्द्र बनेका छन् । अब आगामी दिनमा राप्रपालाई कसरी अगाडि बढाउछन् त्यो आगामी समयले निर्धारण गर्नेछ । आज फागुन १० गते केन्द्रिय सदस्यहरुको लागि मतदान भैरहेको छ । ९८ केन्द्रिय सदस्यका लागि ३ सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएको छन् । केन्द्रिय सदस्यका उम्मेदवार कोमल ओली र रेखा थापाको चर्चा व्यापक छ ।