राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशन राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गर्नु भएको थियो । ४ दिन सम्म चल्ने महाधिवेशनले १६१ केन्द्रीय सदस्य तथा २४ सदस्यीय पदाधिकारी चयन गर्नेछ । त्यसका लागि मुलुकभरबाट ३ हजार ५ सय प्रतिनिधीले महाधिवेशनमा भाग लिएका छन् । महाधिवेशनको बन्दसत्र भोलीबाट (शनिबार) शुरु हुनेछ ।
महाधिवेशनको सफलताको शुभकामना दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छ्दार, तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदयस त्रिपाठी लगायतका नेताहरु पुग्न भएको थियो ।
शुभकामना दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको बेला राप्रपाले खेलेको भमिका महत्वपुर्ण रहेको र आगामी दिनमा पनि राष्ट्रियताको सवालमा राप्रपा कुनै दुविधा र अलमलमा नपरी छर्लङ्ग रुपमा आओस् र राप्रपाको यो एकता महाधिवेशनले नयाँ शक्तिको रुपमा उभ्याओस् । राम्रा एजेण्डा र नीति लिएर आएको खण्डमा एमाले बाहेकका राजनीतिक दललाई राप्रपाले धक्का दिन सक्नेछ भन्दै ओलीले महाधिवेशनको सफलताको शुभकामना दिनु भएको थियो ।
यो एकता महाधिवेशनले राप्रपाले कुन नीति र एजेण्डा अख्तियार गर्छ त्यसले नै राप्रपाको आगामी दिन निर्धारण हुनेछ । तत्कालिन राप्रपा नेपालले लिएको संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई निरन्तरता दिन्छ कि छाड्छ ? त्यो महाधिवेशन पछि थाहा हुने नै छ ।