गर्मीयामको सुरुवातसँगै सबैले हल्का, छोटो एवं पातलो कपडा मन पराउनु अस्वाभाविक होइन । तर, त्यती भन्दैमा समाजमा नपच्ने, भित्रि यौनअंग नै देखिने र लाज नै लाग्ने कपडा लगाउनु भनेको सामाजिक विकृति हो । आजकल पश्चिमा मलुकको नक्कल गर्ने र छोटो पातलो र पारदर्शी कपडा लगाउँदा आफुलाई महान ठान्ने सहरीया युवतीहरुका कारण हाम्रो समाजमा विकृति र छाडापन पनि भित्रिएको छ । तुलनात्मक रुपमा पुरुषभन्दा बढी फेशन गर्न चाहने युवतीहरुलाई गर्मी मौसम निकै राम्रो लाग्ने एक तथ्यांकले देखाएको छ । जाडोयाममा छोटा र पातला कपडा लगाउन कठिन पर्ने भएकाले गर्मी मौसम फेसन शो गर्नेहरुका लागि उपयुक्त हने मोडलहरु बताउँछन् । समाजमा पच्ने गरी फेसन शो गर्नु नराम्रो होइन तर समाजमा नपच्ने र लगाएर हिँड्नेलाई भन्दा देख्नेलाई नै लाज लाग्ने गरी छोटा र पातला कपडा लागाउँदा भने नेपाली संस्कृति लोप भएको महसुस गर्न सकिन्छ ।
अहिले काठमाण्डौ लगायत सहरी क्षेत्रमा फैलिएको उखरमाउलो गर्मीले सबैलाई पिरोलेको छ । गर्मीका कारण मानिसहरुलाई दिनको समयमा सडकमा हिँड्न निकै कठिन र असिनपसिन हुन्छ । तर, फेसनका नाममा छोटा कपडा लगाएर हिँड्ने युवतीहरुको जमात भने जताततै भेट्न सकिन्छ । धनाढ्य बाउको छोरीदेखी सामान्य परिवारको छोरीहरु समेत फेसनलाई फलोअप गरेर आफ्नो कला संस्कृतिलाई लात हान्दै अगाडी बढिरहेका छन् । यस समयमा उनिहरुका रोजाई भनेको छोटा तथा पातला कपडाहरु नै हुन् । यस्ता कपडाहरु लगाएर हिँड्ने केही युवतीहरुको त गोप्य अगंसमेत पातलो कपडालाई चुनौती दिँदै बाहिरबाट जो कोहीले हेर्न र देख्न सक्छन् । जसले समाजमा विकृति र विसंगती फैलाउने डर प्रशस्त हुन्छ । अहिले हाम्रो समाजमा भारतीयका साथै पश्चिमा संस्कतिका फेसनले जरो गाडेको कारण विकृति भित्रिएको छ ।
फेसन कुनै नराम्रो शब्द होइन तर फेसनका नाममा नांगिएर त्यसलाई सबैले स्वीकार पनि गरेका छन् नेपालमा पनि फेसन शो ले व्यवसायिकता लिन थालेको छ । तर त्यहि फेसनलाई गलत तरिकाबाट प्रयोग गरिँदा आज सामाजिक विकृति फैलिएको छ । आज नेपालको सही क्षेत्रमा फेसनले आफ्नो छुट्टै प्रभुत्व जमाउन सफल भएको छ । कयाँै युवा बर्गका मानिसहरुको आकर्षण यसतर्फ भएको छ । आजकल युवा बर्गमा फेसन गर्ने रहर निकै बढ्दै गएको देखिन्छ । जोकोहीलाई पनि आफु कसरी राम्रो बन्ने भन्नेतर्फ मन लाग्छ भने आफु टिपटप अनि व्युटि बनिरहन आजका यवतीहरुलाई अपरिहार्य भइसकेको छ । जसलाई युगको परिवर्तनका रुपमा उनीहरुले लिने गर्दछन् । किशोर किशोरीहरुलाई नयाँ प्रकारका कपडा लगाउन मन पर्नु अस्वभाविक होइन । मानिसले आफ्नो चाहना रुचि र इच्छा अनुसारको पहिरन चयन गर्ने हुनाले आफुले चाहे अनुसारको कपडा नै उसलाई राम्रो लाग्छ । विश्वमा फेसन कहिले देखि सरुवात भयो भन्ने एकिन त छैन तर मानिसको उत्पत्ति र कपडाको विकास भएदेखि नै समय र युग अनुसारको फेसनको विकास हुँदै आएको छ ।
आजकालका युवतीहरु समयानुसार चलेको फेसन गर्न नपाएमा वा नसकेमा आफुलाई पाखे सम्झन्छन् र आफ्नो क्षमताले भ्याउनेहरुले त स्वभावैले फेसन गर्ने नै भए, नभ्याउनेहरुले पनि कुकृत्य गरेर भए पनि फेसन गर्ने गरेको छन् । यतिसम्म कि औकातले नभ्याउने ले फेसनको रहर लाग्दा चोरी डकैती, अवैध काम देखि यौन पेशा गरेर भए पनि फेसन गर्ने गरेका छन् । बिदेशी टेलिभिजन च्यानलहरुले फेसनलाई प्राथमिकता दिँदै दैनिकजसो हुने फेसन शोलाई प्रसारण गर्ने गरेका कारण नेपाली युवतीहरुमा बिदेशी फेसनको नक्कल गर्ने बानी बढेको छ । यसरी विदेशी फेसनलाई आत्मसात गर्दै नेपाली चेलीहरु पनि नांगिन थाल्दा उनीहरुले फेसनको व्यापक दुरुपयोग गरेको भन्न सकिन्छ । फेसन नारीहरुको महत्वपुर्ण पहिरन भए पनि त्यसलाई गलत तरिकाबाट उपयोग गर्दा त्यसले नेपाली समाजमा नराम्रो असर पारेको छ । पछिल्लो नेपाली समाजमा नराम्रो असर पारेको छ । पछिल्लो समयमा पातला, सेता, हल्का कपडा, मिनिस्कट, हाफपाइन्ट मात्र होइन पारदर्शी कपडा समेत पहिरिएर हिँड्दा लाजमर्दाे मात्र होइन, कतिपय युवतीहरु त यौनका भोका, उच्श्रृङ्खल, आवारा, उरन्ठेउला केटाहरुको शिकार समेत हुनुपरेको छ ।
एउटी युवती समाजले पचाउने किसिमको कपडा लगाएर हिँड्छे भने त्यसलाई नराम्रो मान्न सकिन्न तर फेसन शो गर्ने र समाजलाई नै नपच्ने खालको कपडा लगाएर हिँड्छे भने त्यसलाई समर्थन गर्न सकिँदैन । छोटो, पातलो कपडा लगाउँदैमा सेक्सी देखिन्छे भन्ने होइन, यस्ता खालका कपडा र फेसन गरेर हिँड्ने युवतीलाई समाजले राम्रो मानेको हुँदैन । समाजलाई पच्ने खालको फेसन लगाउनु नराम्रो होइन । फेसनले मानिसलाई राम्रो पनि देखाउँछ र मानिस सँधै दासयुगमा अन्धविश्वासमा मात्रै पनि बस्नुहुँदैन । विश्व परिवेश कहाँ पुगिसकेको अवस्थामा आज पनि नेपाली नारीले सारीचोलो लगाउनु पर्छ भन्ने छेन । उनिहरुले विकसित आधुनिकतासँग फेसनको उपयोग गर्न पाउँछन् तर फेसन शो गर्ने भन्दैमा समाजलाई नपच्ने खालका कपडा लगाएर हिँड्नु भनेको सामाजिक विकृति र विसंगति हो, जसले समाजमा नकारात्मक असर पार्छ ।
विगतका तुलनामा आज नेपाली समाज निकै विकसित भएकोे छ । समाजले आज धेरै कुरा पचाउन थालेको छ । हिजो नेपाली चेलीले क्वाटरपाइन्ट र छोटो टिसर्ट लगाएर हिँड्दा पनि कुरा काट्ने समाज आज नेपाली चेलीको फेसन शो प्रति समर्थन जनाउने भएको छ । त्यति मात्र हाइन फेसनकै लागि भनेर विभिन्न कलेज र इन्ष्टिच्युटहरु स्थापना भएका छन्, भने व्यवसायिक रुपमा पनि फेसनले विकास हुने मौका पाएका छन् । आज धेरै मानिसहरुले फेसनसम्बन्धि कामलाई आफ्नो व्यवसाय बनाए रोजगार पाएका छन् । यसरी समय र युग अनुसार अगाडि बढ्दै गएको फेसनले नेपाली समाजमा विकृति ल्याउनु भनेको साह्रै दुख लाग्दो विषय बनेको छ ।
जाडो याममा गरिने फेसनले समाजमा खासै फरक पार्दैन तर गर्मी याममा गरिने फेसनले भने नेपाली समाजमा धेरै नकारात्मक असर पारेको हुन्छ । विशेष गरी सहरी क्षेत्रका युवतीहरुका लागि फेसन भनेको छोटा कपडा लगाउने र आफुलाई बढी सेक्सी देखाएर आकर्षक बन्नु नै फेसन हो भन्ने बुझाई रहेको छ । जसले गर्दा आज फेसन का नाममा नांगिनेहरुको भीड बढ्दै गएको छ । यसरी फेसनको नाममा युवतीहरु नांगिएर हिँड्दा यसले फेसनको दुरुपयोग भएको यस व्यवसायमा लाग्ने मानिसहरुको भनाइ छ । फेसनको नाममा नांगिने युवतीहरुका कारण आज सामाजिक अपराध, बलात्कार जस्ता घटनाहरु हुने गरेको छ । एकथरि युवतीहरु छोटा र पातला कपडा लगाएर समाजलाई प्रत्यक्ष देखाएर हिँड्छन् भने अर्का खालका युवतीहरु फेसनको नाममा टेलिभिजन च्यानल विभिन्न वेबसाइट, नेटमा आफ्ना नांगा तस्विरहरु प्रकाशित गरेर आफुलाई ठुलो मान्छे सम्झन्छन् । उनीहरुका लागि यो उपयुक्त कुरा भए पनि नेपाली समाजका लागि विकृति नै हो ।
युग अनुसारको फेसन गर्नु नराम्रो होइन तर फेसन गर्न पाउनु पर्छ भन्दैमा हाम्रो समाजलाई नपच्ने खालको कपडा लगाउनु फेटो खिच्नु, भिडियो बनाउनु भनेको पक्कै नांगो शरिर देखाएर उत्कृष्ट फेसनदार र मोडल बन्छुुु भन्ने सोच राख्छ भने त्यो उसको गलत सोचाई हो । आजको युगमा फेसनले पनि नेपाली समाजमा सम्मान पाएको छ । यसलाई जोगाउनु सबैको कर्तव्य हो । सबैलाई स्वीकार्य फेसन शो गर्दा उसलाई कसैले नराम्रो मान्दैन तर अस्वीकार्य कपडा लगाएर फेसन देखाउनेले आफुलाई राम्रो ठान्ला तर समाजले उसलाई राम्रो मानेको हुँदैन ।